२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीएसएलको उपाधि इस्लामावाद युनाइटेलाई

अ+ अ-

काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल)को उपाधि इस्लामावाद युनाइटेडले जितेको छ । अन्तिम बलमा २ विकेटको रोमाञ्चक जित निकाल्दै इस्लामावाद युनाइटेडले उपाधि जितेको हो । इस्लामाबाद युनाइटेडको यो तेस्रो पीएसएल उपाधि हो । 

इस्लामाबादले २०१६ मा प्रतियोगिताको पहिलो उपाधि नै जितेको थियो । त्यसपछि सन् २०१८ मा पनि च्याम्पियन बनेको थियो । इस्लामाबाद तीन वटा पीएसएल ट्रफी जित्ने एक मात्र टोली हो । लाहोर कलन्दर्सले दुई पटक पीएसएलको उपाधि जितेको छ । टोली २०२२ र २०२३ मा च्याम्पियन बनेको थियो ।मुल्तान सुल्तान टोलीले २०२१ मा उपाधि जितेको थियो ।

सोमबार राति भएको खेलमा मोहमद रिजवानको टोली मुल्तान सुल्तानले पहिला ब्याटिङ गर्दै १५९ रन बनाए पनि उपाधि जित्न सफल भएन् ।

रिजवानले टस जितेर ब्याटिङ रोजेका थिए । पहिले ब्याटिङ गरेको मुल्तानले २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । जवाफमा इस्लामाबादको टोलीले अन्तिम बलमा १६३ रन बनाएर २ विकेटले खेल जित्यो । इस्लामावादका नायक हुनैन शाहले चौका प्रहार गर्दै टोलीलाई च्याम्पियन बनाएका हुन्  ।

पहिले ब्याटिङ गरेको इफ्तिखार अहमद र उस्मान खानले मुल्तानलाई १ सय ५९ रनको सङ्घर्षपूर्ण स्कोरमा पुर्‍याएका थिए । टोलीको १४ रनमा दुई ब्याट्सम्यान आउट भएका थिए । यसपछि उस्मान खानले ४० बलमा ५७ रनको समझदार इनिङ खेल्दै टोलीलाई केही हदसम्म सम्हालेका थिए । उनको इनिङ्समा ७ चौका र १ छक्का समावेश थियो । तर, अर्कोतर्फबाट विकेटको शृङ्खला लगातार झरेको थियो ।

अन्त्यमा इफ्तिखार अहमदले २० बलमा नटआउट ३२ रनको आक्रामक पारि खेले । उनको इनिङ्समा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । इस्लामावादका इमाद वासिमले सर्वाधिक ५ विकेट लिँदा सदाव खानले ३ विकेट हात पारे ।

१६० रनको लक्ष्यसहित मैदान उत्रिएको इस्लामावादले खेल अन्तिम ओभरसम्म लगेको थियो ।

इस्लामाबादको जितमा मार्टिन गप्टिल चम्किए जसले टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले । लक्ष्य पछ्याउने क्रममा मार्टिन गप्टिलले उत्कृष्ट ५० रन बनाए । ३२ बलको सामना गर्दै उनले ४ चौका र ३ छक्का प्रहार गरे । उनी बाहेक विकेटकिपर ब्याट्सम्यान आजम खानले २२ बलमा ३० रनको इनिङ खेले । उता इमाद वासिमले १९ रन बनाएर अविजित रहे भने हुनैन शाहले विजयी चौका प्रहार गरे । हुनैन १ बलमा ४ रन बनाएर नटआउट रहे । मुल्तानका खुसदील साह र इफ्तिकर अहमदले २-२ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस