काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ ।
पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एक पटक छलफल राखिएको रास्वपाले जनाएको छ ।
मन्त्रीसँगको छलफलमा उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल सहभागी हुनेछन् ।
पार्टी सभापति रवि लामिछाने नेतृत्वको रास्वपामा सरकारमा सहभागी भएको छ ।