२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० आई वरीयतामा दीपेन्द्र, रोहित, कुशल, गुल्शन र करणले मारे छलाङ

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ टी-२० आई वरीयतामा नेपाली खेलाडीले छलाङ मारेका छन् । ब्याटिङ र अलराउन्डर दुबैतर्फ नेपाली खेलाडीले ठूलो सुधार गरेका छन् ।

टी-२० आई वरीयताको ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औं स्थानमा छन् ।

रोहित भन्दापछि भारतका ईशान किशन ५५ औं स्थानमा छन् । जिम्बावेका सिकन्दर राजा ६० औं र भारतका शुभमन गिल ६५ औं स्थानमा छन् ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औं स्थानमा छन् । ७० औं स्थानमा बंगलादेशका अफिफ हुसेन र नामिवियाका जेजे स्मिथ पनि छन् । यी तीन खेलाडीको समान ४४५ अंक छ ।

अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले एकै पटक ४८ स्थान सुधार गर्दै २७ औं स्थानमा छन् ।

कुशल मल्ल २७ स्थान सुधार गर्दै ३५ औं स्थानमा छन् । श्रीलंकाका धनन्जय डि सिल्भा पनि ३५ औं स्थानमा छन् । यी दुबैको समान ९४ अंक छ ।

अलराउन्डरतर्फ गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा छन् । ७२ औं स्थानमा पपुवा न्युगिनीका सेसे बाउ, आयरल्यान्डका ब्यारी म्याकार्थी र वेस्टइन्डिजका कायल मेयर्स छन् । यी सबैको समान ४९ अंक छ ।

अलराउन्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ रोहित पौडेलले एकै पटक ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा छन् । बलिङको शीर्ष १०० मा भने कुनै पनि नेपाली खेलाडी अटाएका छैनन् ।

टी-२० आई वरीयतामा नेपाल १६ औं स्थानमा यथावत छ । नेपालको रेटिङ प्वाइन्ट १७५ छ ।

युएई १७४ रेटिङ प्वाइन्टका साथ १७ औं स्थानमा छ । नेपाल भन्दा अघि नेदरल्यान्ड्स १८४ औं रेटिङ अंकका साथ १५ औं स्थानमा छ ।

ओडीआईतर्फ नेपाल १५ औं स्थानमा यथावत छ ।

ओडीआईको ब्याटिङ वरीयतामा कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ७७ औं स्थानमा छन् । आसिफ शेख ७३ औं र रोहित पौडेल ९५ औं स्थानमा यथावत छन् ।

दीपेन्द्र ओडीआईको नयाँ बलिङ वरीयतामा एक स्थान सुधार गर्दै ६३ औं स्थानमा छन् ।

सोमपाल कामी ८० औं र ललित राजवंशी ५४ औं स्थानमा यथावत छन् ।

ओडीआई अलराउन्डरतर्फ दीपेन्द्रले एक स्थान सुधार गर्दै ४६ औं स्थानमा छन् । सोमपाल कामी ५५ औं र कुशल मल्ल ५१ औं स्थानमा यथावत छन् ।

प्रतिक्रिया दिनुहोस