काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पद बहाली गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा पुगेर मन्त्री गिरीले पद बहाली गरेका हुन्।
नेकपा एमालेबाट मन्त्री भएका गिरीले संविधान र सङ्घीयता अनुकूल आवश्यक कानुन निर्माणका लागि सिङ्गो मन्त्रालयको टिम केन्द्रित भएर लाग्ने बताएका छन् ।
मुलुकमा असल नीति कसरी दिन सकिन्छ भन्ने कुरा आफ्नो प्राथमिकता रहने मन्त्री गिरीले बताए ।