एमालेसँग मिलेर काँग्रेसले सरकार बनाउने सम्भावना पनि छ : धनराज गुरुङ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एमालेसँग मिलेर काँग्रेसले सरकार बनाउने सम्भावना पनि छ : धनराज गुरुङ


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा (एमाले) को काँधबाट झार्नतिर नलाग्ने बताएका छन्।

बूढानिलकण्ठमा मंगलबार अपराह्न केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै उपसभापति गुरुङले काँग्रेस र एमाले मिल्ने सम्भावना नरहेको दाबी गरेका हुन्।

एमालेसँग मिलेर काँग्रेसले सरकार बनाउने सम्भावना पनि छ, यसबारे पार्टीमा छलफल भएको छ कि छैन भन्ने प्रश्नमा जवाफ दिँदै उपसभापति गुरुङले भने, ‘अहिले भर्खर त प्रचण्डजी हाम्रो काँधबाट एमालेको काँधमा चढ्नुभएको छ। फेरि उहाँलाई काँधबाट झारे एमाले र हामी मिलौँ भन्ने कुरा त भएन। यो नैतिकताले पनि दिँदैन। हामी त्यस्तो अनैतिक काम गर्दैनौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस