काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको संसद सचिवालयले जानकारी दिएको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस हुनेछ ।
साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि सभामा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।







