२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाइ माफियाले नेपाली आकाश कब्जा गर्न खोजे : भीम आचार्य

अ+ अ-

काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले हवाइ माफियाले प्रधानमन्त्रीलाई प्रभावमा पारेर नेपाली आकाश कब्जा गर्न खोजेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन दिन अध्ययन भइरहेकाप्रति उनले त्यस्तो बताएका हुन्।

उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको खास्टो ओढेर निजगढको परियोजना होल्ड गर्ने र त्रिभुवन विमानस्थल पनि निजी क्षेत्रले नै सञ्चालन गर्ने गरी यो प्रस्ताव आएको जिकिर गरे।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई निजीलाई दिँदा महँगो हुन्छर पर्यटन व्यवस्थामा गम्भीर नकारात्मक असर पर्छ।

अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय सीमा पनि हो। उडान इजाजत आम यात्रीहरूको व्यक्तिगत गोपनियता, पहुँच, विमानस्थल सुरक्षा, प्राधिकरण ऐन २०५२ ले विमानस्थल  सञ्चालनकर्ताले विमानस्थल सुरक्षाका लागि सुरक्षाकर्मीसमेत परिचालन गर्न सक्ने व्यवस्था छ। त्यो व्यवस्थाअन्तर्गत कुनै विदेशी कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने मौका पाएमा, विदेशी सुरक्षाकर्मी परिचालन हुनसक्ने बाटो खुल्ने सक्ने कारणले हाम्रो देशको तटस्थता भङ्ग भई, अहिलेको अन्तर्राष्ट्रिय ध्रुवीकरणमा शक्ति केन्द्रहरूको नेपाल क्रिडास्थल बन्ने, नेपाल अर्को इजरायल, अर्को गजा र अर्को युक्रेन बन्न सक्ने खतरा निम्तन सक्छ,’ उनले भने।

सरकारले यो कुरालाई ध्यानमा नराखी कदम चाल्न खोजेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस