२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी लोक सेवाको विज्ञापन रद्द गर्न *६ संवैधानिक आयोगको माग

अ+ अ-

काठमाडौँ । विभिन्न संवैधानिक आयोगहरूले लुम्बिनी प्रदेश लोक सेवा आयोगले निकालेको विज्ञापनप्रति आपत्ति जनाउँदै रद्द गर्न माग गरेका छन् ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिबासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले बुधवार ललितपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालको संविधान विपरीत र समानुपातिक समावेशिताको सिद्धान्त विपरीत लुम्बिनी लोक सेवा आयोगले पदपूर्तिको सूचना निकालेको भन्दै रद्द गर्न माग गरेको हो ।

लुम्बिनी प्रदेश लोक सेवा आयोगबाट गत माघ २६ गते प्रकाशित स्थानीय सरकारी सेवा अन्तर्गत सहायक स्तर पाँचौँ तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन र फाल्गुन ३ गते प्रकाशित उक्त पदहरूकै संशोधित विज्ञापनमाथि गम्भीर ध्यानाकर्षण भएको संवैधानिक आयोगहरूको भनाइ छ ।

उक्त विज्ञापन नेपालको संविधानको प्रावधान र लुम्बिनी प्रदेश निजामती सेवा ऐनको व्यवस्था विपरीत रहेको थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले बताए ।

उनले प्रदेश निजामती सेवा ऐनलाई कार्यान्वयन नगरी समानुपातिक समावेशिताको सिद्धान्तका साथै समग्र संवैधानिक प्रावधान एवं कानूनी व्यवस्था विपरीत भएकाले रद्द गर्नुपर्ने धारणा राखे ।

त्यस्तै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कानूनसम्मत ढंगले पुन विज्ञापन आह्वान गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराए । उनले आरक्षणका लागि पटक-पटक आवाज उठाए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसक्नु दुखद रहेको धारणा राखे ।

*यसअघि राष्ट्रिय समावेशी आयोगको नाम पनि समावेश हुन गएकोमा सच्याइएको छ । -सम्पादक