पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाउने तयारी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाउने तयारी


२१ माघ २०८०, आइतबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ ।

कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो ।

कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने, “शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु गरेका छौँ । एक-दुई दिनमा सीमाङ्कन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइने छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस