२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नश्लीय व्यवहारप्रति संवेदनशील बन्न मधेशी आयोगले गरायो प्रहरीको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । मधेशी आयोगले नेपाली समाजमा अझै पनि समस्याका रूपमा रहेको नश्लीय व्यवहारप्रति संवेदनशील बन्न नेपाल प्रहरीको ध्यानाकर्षण गराएको छ ।

आयोगका अध्यक्ष विजयकुमार दत्तले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई आयोगको कार्यालयमा बोलाएर मधेशी समुदायलाई लक्षित गरी हुने गरेका गालीगलौज, अपमानजनक शब्द र नश्लीय व्यवहार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्ष दत्तले समाजमा चारैतिर यस्तो विभेद कायम रहेपनि प्रहरीले त्यस्ता उजुरीलाई संवेदनशीलरुपमा नलिने गरेको गुनासो गरेका थिए । आयोगको कार्यालयमा भएको अध्यक्ष दत्त र महानिरीक्षक कुँवरबीचको भेटमा नश्लीय व्यवहारसँग सम्बन्धित उजुरी र तिनमाथि कारबाहीको अवस्थाबारे छलफल भएको थियो ।

त्यसक्रममा अध्यक्ष दत्तले आयोगले समय-समयमा प्रहरीलाई पत्राचार गरेपनि न्यून उजुरी माथि मात्र कारबाही भएको बताएका थिए । त्यस्तै, अध्यक्ष दत्तले तराई मधेशमा दिन प्रतिदिन बढ्दै गएको घरेलु हिंसालाई रोकथाम गर्न समेत आयोग र प्रहरीको समन्वयकारी भूमिका आवश्यक रहेको बताएका थिए ।

सो बैठकमा बोल्दै महानिरीक्षक कुँवरले प्रहरी नश्लीय व्यवहारको घटनाप्रति सचेत रहेको र आयोगसँग समन्वय तथा सहकार्य गरी आगामी दिनमा यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न आवश्यक रणनीति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।