काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (मंगलबार)देखि न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा ‘नो पार्किङ’ गर्ने जनाएको हो ।
काठमाडौँ टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल आसपास कालोपत्रे सडकमा पार्किङ निषेध हुने छ ।