काठमाडौँ । विशेष अदालतले देवेन्द्रविक्रम रोका छपालिलाई दुई वर्ष कैद तथा झण्डै दुई करोड बिगो र जरिवाना हुने फैसला सुनाएको छ ।
टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रीतेन्द्र थापासहितको इजलासले सोमबार चरेसका अन्तर्राष्ट्रिय कारोबारी छपालिलाई सजाय निर्धारण गरेको अदालतका प्रवक्ता धाबहादुर कार्कीले बताए । अघिल्लो पेशीमा छपालिलाई दोषी ठहर गरिएको थियो ।
इजलासले छपालीको नाममा रहेको जग्गा, गाडी र बैंक खातामा रहेको ६४ लाख ६६ हजार ७८४ रुपैयाँ पनि जफत हुने निर्णय सुनाएको छ । उनलाई ७४ लाख ५९ हजार ९८४ रुपैयाँ ६९ पैसा बिगो र त्यसको दोब्बर एक करोड ४९ लाख १९ हजार ९६९ रुपैयाँ ३८ पैसा जरिवाना गरिएको छ ।
लागुऔषध कारोबारबाट कमाएको सम्पत्ति भन्दै छपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।