काठमाडौँ। नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको छ ।
निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
पोखरेल र यादव नक्कली कागजातका आधारमा नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा मंसिर १९ गते पक्राउ परेका थिए ।
अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।