२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ।

मुटुमा समस्या देखिएपछि गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जियोप्लास्टी सर्जरी सकिएपछि चिकित्सकहरूले उनलाई कम्तीमा पाँच दिनसम्म अस्पतालमा राख्नुपर्ने बताएका छन् ।

अहिले सघन उपचार कक्षमा रहेका उनलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राख्नुपर्ने सल्लाह दिएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

असोजको अन्तिम साता उहाँ मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको बेला मुटुमा एक्युट मायोकार्डियल इन्फार्कसनु भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक कोरोनरी एन्जियोग्राफ गर्दा ओन्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो।

उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो। मुटुमा हल्का असहज महसुस भएपछि उपप्रधानमन्त्री श्रेष्ठ गएराति अस्पताल भर्ना भएका थिए।

गङ्गालाल हृदय केन्द्रमा डा. अरुण मास्के सहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै एन्जियोप्लास्टी सर्जरी गरेको थियो।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहानै अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

उनीहरूबीच सामान्य कुराकानी समेत भएको छ। चिकित्सकको सल्लाहअनुसार उपप्रधानमन्त्री श्रेष्ठको अन्य भेटघाट बन्द गरिएको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस