२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल सुपर लिगको दोस्रो संस्करण आजबाट

अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले कोभिड संक्रमणको समय (२०७८) मा बिना दर्शक आयोजना गरेको पहिलो संस्करणको सफलतापछि आजबाट दोस्रो संस्करण सुरु गराउँदै छ ।

काठमाडौँको दशरथ रङ्गशालामा लिगको उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

यसबाहेक दर्शकहरूका लागि मनोरञ्जनात्मक कार्यक्रम, फुड स्टललगायत अन्य व्यवस्था गरिने नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्श कार्कीले जानकारी दिएका छन् ।

आयोजकले यो संस्करणका खेलमा दर्शकको साथ पाउने अपेक्षा गरेको छ । नेपाली फुटबलको विकास गर्ने लक्ष्यसहित सञ्चालित एनएसएलमा दर्शकको उपस्थितिले लिग भव्य हुने बुधबार पत्रकार सम्मेलनमार्फत कार्कीले जानकारी गराएका हुन् ।

लिगमा पहिलो संस्करणको तुलनामा खेल संख्या बढेकोले ९ टोलीले ४० वटा खेल खेल्नेछन् । लिगका खेल हेर्न दर्शकले अनलाइन टिकट काट्न सक्ने छन् । रङ्गशालाको सामान्यतर्फ २ सय र भीआइपीतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

उपाधि विजेताले प्राप्त गर्ने रकम आयोजकले तोकेको छैन, दर्शकको उपस्थितिले नै निर्धारण हुने कार्कीले जनाए ।

आज पहिलो संस्करणको च्याम्पिएन टिम काठमाडौं रेजर्स र नयाँ टिम स्पोर्टिङ इलाम एफसीबीच पहिलो खेल हुँदै छ । खेल साँझ ६ बजे सुरु हुनेछ ।