चितवन । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन् ।
आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे ।
तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । उनले सहरमा जम्मा भइ हो-हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे ।







