४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिङ्गो गाउँ नै लसुन खेतीमा आवद्ध

अ+ अ-

त्रिवेणी । वडालाई आर्थिक रूपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१० को सिङगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ ।

२०७५ सालअघि वडाको झ्याङ टोलमा थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए तर त्यसपछि व्यावसायिक रूपमा झ्याङका १२ किसानले एकै पटक लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिङगो गाउँ नै व्यावसायिक लसुन खेतीमा आकर्षित भएको छ ।

वडाका किसानलाई व्यावसायिक लसुन खेतीमा आकर्षण तथा आर्थिक रूपमा समृद्ध बनाउन वडाले २०७५ सालमा पहिलो पटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । त्यसयता वडामा व्यावसायिक रूपमा किसानले लसुन खेती गर्न थालेको वडाध्यक्ष धनबहादुर खड्काले बताए ।

उनी भन्छन्, ‘‘२०७५ सालसम्म किसानलाई आफूले उत्पादन गरेका लसुनलगायत तरकारी र अन्य कृषि उपज डोकोमा बोकेर करिब पाँच घण्टा हिडेर सदरमुकाम मुसीकोट खलङ्गासम्म लगेर बेच्नु पर्ने बाध्यता थियो, २०७६ सालदेखि गाउँ सडक सञ्जालमा जोडिएपछि भने किसानले उत्पादन गरेको लसुनलगायत अन्य उत्पादित तरकारी गाडीमा राखेर बजारसम्म लैजान थालेका छन् ।’’ वडाले पहिलो पटक लसुनको बीउ १२ जनालाई वितरण गर्‍यो । त्यसमा झ्याङका नदीराम खड्काले ३० किलो बीउ पाए र घर अगाडिको गहुँ लगाउने बारीमा पूरै लसुन खेती गरे । पहिले मुस्किलले दुई हजार मूल्य बराबरको एक मुरी गहुँ उत्पादन हुन्थ्यो । उनले लसुन खेती गरेर त्यति नै जग्गामा रु. ३५ हजार आम्दानी गर्न सक्ने । लसुनबाट राम्रो कमाइ हुने देखेपछि वडाका अरु किसानलाई पनि लसुन खेती गर्ने ऊर्जा थपियो । अहिले गाउँ नै लसुन खेतीमा आकर्षण भएको छ । सबैको बारीमा कमै भएपछि लसुन खेती देख्न सकिन्छ

वडाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर किसानलाई विभिन्न अनुदान कार्यक्रममार्फत बीउ वितरण गर्दै आएको छ । वडाको खड्का टोल, कामीबुढा टोल, नमुनावस्ती टोल, गलमपाटी टोल र भेरी खोला टोल गरेर गरिब दुई सय ४७ घर धुरीलाई यो वर्षको लागि ४८ क्विन्टल अर्थात् ४ हजार ८ सय किलो लसुनको बीउ अनुदानमा वितरण गरेको छ । सुरुमा खड्का टोल र कामीबुढा टोलको चौरमा कमै मात्रामा लसुन खेती गरिएको थियो । त्यति बेला प्रतिकिलो ८५ रुपैयाँमाका दरले लसुन डोकोमा बोकेर पाँच घण्टा हिडेर बेच्न जानुपर्ने बाध्यता थियो । अहिले वडाबाटै लसुन विक्री हुने हुने र राम्रो आम्दानी हुने भएकाले किसानहरू लसुन खेतीतिर आकर्षित भएका हुन् । गत वर्ष मात्रै पाँच सय क्विन्टल लसुन जिल्ला बाहिर बिक्री गरेर झण्डै रु. पचास लाख० रकम किसानले हात पारेका थिए ।

प्रत्येक किसानले एक पटकमा कम्तिमा पनि १३ सय क्विन्टल लसुन विक्री गर्ने गरेका छन् । उत्पादन गरेको लसुन प्रतिकिलो एक सयदेखि एक सय १० रुपैयाँमा गाउँबाटै विक्री हुँदै आएको छ । हरेक सिजनमा किसानले लसुन विक्री गरेर एक लाखदेखि डेड लाखसम्म आम्दानी गर्ने गरेका छन् । झ्याङ टोलका २२ घरधुरीको बीच गाउँको सार्वजनिक ठाउँमा लसुनको प्रतिमा समेत निर्माण गरिएको छ । सबैभन्दा पहिला लसुन उत्पादन गर्ने टोल भएकाले झ्याङमा पछिसम्म इतिहास बचाई राख्नको लागि लसुन पार्क निर्माण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । वडामा लसुन खेतीको उत्पादन बढ्न थालेपछि लसुन खेतीलाई सिँचाइको समस्या नहोस् भनेर वडाले सिँचाइ कुलोलाई जोड दिएको छ । वडामा जतिसुकै लसुन उत्पादन भए पनि बजारको समस्या नरहेको व्यावसायिक रूपमा लसुन खेती गर्दै आएका झुपलाल खड्का बताउँछन् । गाउँमा उत्पादन भएको लसुन खरिद गर्न गाउँमै व्यापारी पुग्ने गरेका छन् ।

उनका अनुसार उत्पादन भएको लसुन बारीबाट निकाल्नु भन्दा १-२ महिना पहिलै बारीमा लसुन खेती हरेर पहिले नै किसानको घरघरमा व्यापारी पुगेर लसुन पछि खरिद गर्ने गरी १० देखि २० हजारसम्म बैना समेत बुझाउने गरेका छन् । यस वडालाई लसुन पकेट क्षेत्रसमेत घोषणा गरिएको बताउँदै वडाध्यक्ष खड्का भन्छन्, ‘‘रासायनिक मल प्रयोग नगरेर अर्गानिक उत्पादन गर्ने र वडालाई अर्गानिक उत्पादनको रूपमा घोषणा गर्ने लक्ष्य लिएको छ ।’’ लसुन खेतीमा किसानलाई आकर्षण गर्न र व्यावसायिक बनाउन वडाले तालिम दिने योजना बनाएको छ । कर्णाली प्रदेश सरकारको मसलाबाली विकास ब्लक पकेट कार्यक्रमअन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा ४८ क्विन्टल बीउ वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस