टिकटकमाथिको प्रतिबन्ध गलत : अध्यक्ष लिङ्देन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

टिकटकमाथिको प्रतिबन्ध गलत : अध्यक्ष लिङ्देन


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध गलत भएको बताएका छन् ।

प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्नेहरूबाट टिकटक बन्द हुनु अनुचित हुने भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘यो निर्णय निरंकुशताको बाटो हो ।’ अध्यक्ष लिङ्देनले कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन नपाइने बताएका छन् ।

‘आज टिकटक माथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स(टुइटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको बिरोध गरिन्छ’, उनले भने ।

नेता लिङ्देनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ रहेको तर त्यही नाममा प्रतिबन्ध स्वीकार गर्न नसकिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस