३४ लाख ठगेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

३४ लाख ठगेको आरोपमा एक जना पक्राउ


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख १३ हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

गोरखा पृथ्वीनारायण नगरपालिका-६ घर भई काठमाडौँ तार्केश्चर नगरपालिका-१ बस्ने बर्ष ३५ को राजेश श्रेष्ठ पक्राउ परेका हुन्।उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले बुधबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

रोजगारीका लागि एस्टोनिया पठाइदिने भन्दै पैसा लिइसकेपछि फरार भएकाले उनीविरूद्ध जनक बरालसहित ५ जनाले उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो। त्यसैले पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस