काठमाडौँको एक होटलमा युवती मृत फेला « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काठमाडौँको एक होटलमा युवती मृत फेला


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँको सुन्धारास्‍थित एक होटलमा युवती मृत फेला परेकी छन्।

काठमाडौँ महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको प्रहरीले जनाएको छ।

ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेको प्रहरीको भनाइ छ।

उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन्। प्रहरी वृत्त जनसेवाले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस