चितवनको भरतपुरमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

चितवनको भरतपुरमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु


३१ भाद्र २०८०, आइतबार


भरतपुर ।  चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतोको मृत्यु भएको हो। 

शनिबार साँझ  महतो डुंगाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस