२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुमनाम ‘स्वरकिन्‍नरी’

अ+ अ-

काठमाडौं । अनामनगरको गल्ली छिचोल्दै म्युजिक बैंक आइपुगिन् विमला लामा थिङ। प्लास्टिकको बैजनी चप्पल ढोकाबाहिर खोलेर ६७ वर्षीया स्टुडियोभित्र पसिन्गी–त रेकर्ड गराउन। विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल’ हुँदासमेत मरेन।

‘मेरो गीत आज रेकर्ड होला त बाबु ?’, रेर्कडिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले नमस्कार टक्र्याउँदै प्रश्न गरिन्। कृष्णको हाउभाउले शुभ बताइरहेको थियो । उनी सोफामा बसिन् । एकछिन सुस्ताइन् अनि घडी हेरिन् । त्यसपछि झोलाबाट सीडीका पोका र कागजका टुक्रा निकालिन् ‘गीत रेकर्ड गराउन पैसा कहाँबाट ल्याउनुहुन्छ नि आमा ?’ कृष्णले विमलालाई सोधे । उनले पुलुक्क हेरिन् । एकछिन चुपचाप बसिन् । ‘महिनाको एक हजार एकल महिलाको भत्ता आउँछ। त्यही जम्मा गरेर रेकर्ड गर्छु’, विमलाको भनाइ मार्मिक थियो । उनको भनाइले स्टुडियोमा सन्नाटा छायो । उनी भने गीतका पानाहरू मिलाउन व्यस्त थिइन् ।

प्रकाशोन्मुख एल्बम ‘जीवन भोगाइ’ को कभरबारे विमलाले सोधपुछ गरिन् । विमला बाँचिरहेको यो उमेरमा कोही आँगनको डिलमा बसेर नाति÷नातिनी खेलाउँदै होलान् । कोही कौसीमा बुढेसकाल गन्दै होलान् । कोही वृद्धा श्रममा बसेर अन्तिमपटक सन्तानको मुख हेर्न पदचाप पर्खिरहेका पनि होलान् । उनी भने राजधानीका रेकर्डिङ स्टुडियो धाइरहेकी छन् ।

२००७ सालमा नुवाकोट पञ्चकन्या चौताराडाँडामा जन्मिएकी विमलाको पहिलो बिहे सात वर्षको छँदा भयो । बुबा, श्रीमान् लामा राणाकालमा दरबारका सामान्य जागिरे थिए । बालखैमा आमा बुधमाया लामाले उनलाई महाराजगन्ज ल्याइन् । ७ वर्ष पुग्दानपुग्दै उनको बिहे गरिदिने कुरा चल्यो । ‘खेतको आली–आली भागेँ । आमाले पछिपछि लखेट्दै आउनुभयो । खर्पन बोक्ने ज्यापुले समाइदियो । त्यसपछि भाग्न सकिनँ’, उनले भनिन्।

बिहे गरेर जानुपर्ने भन्दा आमासँग छुट्नुपर्ने पीडाले उनलाई पोल्यो। तर, उनको जोड चलेन। रानीवन छेउमा नयाँ बुहारी बनेर भित्रिन्, उनी। ११ वर्षका थिए उनका पति। पति–पत्नीको साइनोसँग दुवै अपरिचित । दुवैजना धुलो माटोमा सँगै खेले। रानीवनमा घाँस–दाउरा काट्न गए । दाउराको भारी बोकेर उठ्न नसक्दा उनले धकेलिदिएको सम्झना ताजै छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments