काठमाडौँ । दिवंगत अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ।
सारुकको निधनपछि उनी अस्पताल भर्ना भएका थिए। उनी नर्भिक अस्पतालमा उपचाररत थिए। उनको निधन भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।
गत असार २१ गते सारुक आफ्नै घरमा मृत भेटिएका थिए। उनी नेपाल चलचित्र कलाकार सङ्घका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्।
सम्बन्धित समाचार : कलाकार सारूकको फोनमा भेटियो सुसाइड नोट
सम्बन्धित समाचार : सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न चलचित्र कलाकार संघको माग
सम्बन्धित समाचार : अभिनेता सारुक ताम्राकार मृत फेला