२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा ज्यान गुमाएका मन्त्री सिंहको अन्त्येष्टि

अ+ अ-

काठमाडौँ । गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको अन्त्येष्टि गरिएको छ । सिंह र उनकी पत्नी अमृतादेवीको बझाङको सेती नदीको धौला बगर मसानघाट डुंग्रीमा शनिबार दिउँसो अन्त्येष्टि गरिएको हो ।

मन्त्री सिंहलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र परराष्ट्र मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सिंहलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेता मसानघाटमा पुगेका थिए । नेपाल प्रहरीले उनको सम्मानमा सलामी समेत दिएको थियो ।

मन्त्री दम्पतीको अन्तिम संस्कार गर्नुअघि दुवै जनाको पार्थिव शरीरलाई जिल्ला अस्पताल सिमखेतबाट जयपृथ्वी नगरपालिका क्षेत्रमा परिक्रमा गरिएको थियो भने अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर नेपाली काँग्रेसको पार्टी कार्यालयमा राखिएको थियो ।

धनगढीबाट आफ्नो निर्वाचन क्षेत्र बझाङ गइरहेका बेला मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा सिंहसहित उनकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको निधन भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहका निजी सुरक्षा गाडी दीपक भण्डारी र सवारी चालक धर्मराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस