२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको मालिका गाउँपालिकामा चार सय घरधुरीमा विद्युतीकरण

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाका चार सयभन्दा बढी घरधुरीमा विद्युतीकरण भएको छ ।

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिकाको वडा नम्बर २ र ३ मा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको हो । 

नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले संरचना निर्माण, ट्रान्सफर्मर चार्ज गरेर शनिवारदेखि विद्युत् आपूर्ति गराइएको जानकारी दिएको छ ।

केन्द्रका प्रमुख प्रशान्तकुमार झाले रुम ठूलोगाउँ, बिलबाङ, पन्थोक, गाल्दा टोलका तीन सय घरधुरीमा बिजुली बलेको जानकारी दिए । यसैगरी मालिकाको वडा नं–३ मा पर्ने औला, स्याउलुङ, टिकरवाङ, डाडागाउँका एक सय १५ घरधुरीमा पनि विद्युत् विस्तार गरिएको उनको भनाइ छ । 

‘दुई वटा वडामा विद्युतीकरणका लागि न्यू ढुङ्गाना निर्माण सेवा बेनीले एक करोड ६१ लाख १३ हजारमा ठेक्का लिएको थियो’, उनले भने, ‘नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमको एक करोड २६ लाख ६४ हजार र विद्युत् प्राधिकरणको २४ लाख ५० हजार बजेट लगानी भएको छ ।’ 

ठेक्कामार्फत मुख्य, शाखा प्रसारण लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटर बक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् । मालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले केन्द्रीय लाइनको बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको बताए । 

‘लघु जलविद्युत् परियोजनाबाट विद्युत् आपूर्ति हुँदै आएको थियो’, उनले भने, ‘केन्द्रीय लाइनको बिजुली भएपछि उद्यम, व्यवसाय सञ्चालन गर्न पनि सहयोग पुग्नेछ ।’ 

शनिबार बिजुली बलेको खुसीयालीमा रुमवासीले नाच गान गरेर खुसीयाली मनाएका छन् । मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी काम काज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको बताए । 

बेली, जेमलगायत छुटेका बस्तीमा पनि केन्द्रीय लाइनको विद्युत् विस्तार गर्न पहल गरिएको जनप्रतिनिधिहरूले बताएका छन् । लघु जलविद्युत् परियोजनाको विद्युत् नियमित नहुँदा सौर्य ऊर्जा र टुकीमा निर्भर हुनुपरेको थियो । 

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बाँस खर्कसहित करिब २२ हजार घरधुरीमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको छ । 

केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले मालिका गाउँपालिका–५ मगरङको चार सय १० घरधुरीमा एक वर्षयता केन्द्रीय लाइनको विद्युत् पुगेको बताए ।

चालु आर्थिक वर्षमा रघुगङ्गाको पात्लेखर्क, धवलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस