काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएकोबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ । जसपाले २०७८-०७९ को लेखा परीक्षण प्रतिवेदनबारे आयोगलाई जानकारी गराएको हो ।
केही दिनअघि आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको विषय सात दिनभित्र आयोगलाई जानकारी गराउन निर्देशन दिएको थियो ।
सोहीअनुसार जसपाले प्रतिवेदन सार्वजनिक गरिएको वेबसाइट र सञ्चारमाध्यमको विवरण उल्लेख गरी आयोगलाई जानकारी गराएको हो ।