काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसांसद पुरुषोत्तम बस्नेतको निधनमा पार्टीको झन्डा आधा झुकाउने भएको छ।
केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा वैशाख २९, ३० र ३१ गते पार्टी कार्यालयमा झन्डा आधा झुकाइने भएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार वैशाख ३१ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द पनि हुने छन् । १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम छ ।
७८ वर्षीय बस्नेतको आज बिहान ४ बजे सिफल हाइट काठमाडौँमा निधन भएको थियो।