२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ए डिभिजन लिग : आज तीन खेल हुँदै

अ+ अ-

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई र एन्फा कम्प्लेक्स सात दोबाटोमा एक खेल हुने छ।

दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा सङ्कटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। सङ्कटा १६ खेलबाट २० अङ्क जोडेर दशौँ स्थानमा छ भने पुलिस समान खेलबाट १६ अङ्कसहित तालिकाको अन्तिम स्थान अर्थात् ‘रेलिगेसन जोन’मा छ।

दशरथ रङ्गशालामै साँझ ६ बजे न्यूरोड टिम एनआरटी र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १६ खेलबाट १८ अङ्कसहित १२औँ स्थानमा रहँदा खुमलटार समान खेलबाट १७ अङ्कसहित १३औँ स्थान अर्थात् रेलिगेसन जोनमै छ ।

दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। १६ खेलबाट २० जोडेको हिमालयन शेर्पा नवौँ स्थानमा र समान खेलबाट समान २० अङ्क जोडेको मनाङ आठौँ स्थानमा छन्।

३० अङ्क जोडेर जावलाखेल युथ शीर्ष स्थानमा रहँदा समान अङ्क जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ।