काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
केही बेरअघि राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्। दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
आज केही मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्री प्रचण्डले भागबन्डा मिलिसकेका दलसँग दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन्।
आज अपराह्न नयाँ मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीको तयारी छ।