मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी, ४० जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी, ४० जनाको मृत्यु


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ। मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ। आगलागीमा परेर ३ दर्जन बढी मानीसहरु घाइते भएका छन् ।

आगलागीमा परेर ज्यान गुमाउनेमा अधिकांश मध्य र दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाने प्रयासमा रहेका आप्रवासी रहेका छन्।

आगलागीको सुरुमा निर्वासनको विरोधमा भएको प्रदर्शनका क्रममा भएको बताइएको छ। आगलागी स्थानीय समय अनुसार राति ९ बजे भएको बीबीसीले जनाएको छ। टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा रहेको यस सहरमा पछिल्ला दिनहरूमा आप्रवासीहरूको ठूलो भीड लाग्दै आएको छ ।

महामारीका समयमा अमेरिकाले आप्रवासीलाई सहजै सीमा पार गर्न दिएकाले त्यसैको आशामा ठूलो संख्यामा आप्रवासी मेक्सिको पुगेको बताइएको छ।

मेक्सिकाका राष्ट्रपति लोपेज ‌ओब्राडोरले आप्रवासीहरूले उनीहरूलाई निष्कासन गर्न लागेको भन्ने सूचनाका आधारमा उनीहरूले विरोधका लागि आफूहरूले प्रयोग गर्दै आएको गद्दामा आगो लगाएर विरोध शुरु गरेको बताए। पछि त्यही आगो फैलिएर त्रासदीपूर्ण घटना घटेको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस