काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
सबै उजुरीहरू सम्बन्धित वडा कार्यालयमा नै दर्ता हुने भएकाले वडामै मेलमिलाप केन्द्र सञ्चालन गरी समस्या समाधान गर्न लागिएको हो ।
अहिले वडा नं ३, ४, ८, १०, १४, १५, १६ र २६ बाट सेवा सुरु भइसकेको छ भने केही वडाको आफ्नो कार्यालय भवन नभएकाले भाडाको घर खोज्ने कार्य भइरहेको छ, स्थान प्राप्त भएसँगै सेवा सुरु हुने महानगरले जनाएको छ ।
कामपा सूचना अधिकारी वसन्त आचार्यका अनुसार मेलमिलाप केन्द्र सञ्चालनका लागि वडा कार्यालयमा नै मिलाएर केन्द्र सञ्चालन गर्ने र पछि त्यसलाई थप व्यवस्थापन गर्ने गरी काम थालनी गर्न लागिएको हो।