२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी नियुक्ति विवादसहित लुम्बिनी सरकारविरुद्ध १२८ मुद्दा

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारविरुद्ध हालसम्म १२८ वटा रिट निवेदन दर्ता भएका छन् । प्रदेश सरकार स्थापना भएदेखि लुम्बिनी प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाई ती मुद्दा दर्ता भएका हुन् । न्यायाधिवक्ताको कार्यालय बुटवलका अनुसार तीमध्ये ४८ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ८० वटामा फैसला हुन बाँकी छ ।

लुम्बिनी प्रदेश सरकारविरुद्ध सबैभन्दा बढी मुद्दा सर्वोच्च अदालतमा छन् । सर्वोच्चमा लुम्बिनी सरकारविरुद्ध ७० वाट मुद्दा परेका छन् । तीमध्ये १० वटा मुद्दा फैसला भएको र ६० वटा विचाराधीन छ ।

यस्तै लुम्बिनी सरकारविरुद्ध उच्च अदालत पाटनमा एउटा, उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा ३५ वटा मुद्दा दर्ता भएका छन् । जसमा २१ वटा मुद्दाको फैसला भइसकेको छ भने १४ वटा मुद्दा विचाराधीन छन् ।

उच्च अदालत तुलसीपुरमा ९ वटा मुद्दा परेकामध्ये ४ वटा फैसला भएको र ५ वटाको फैसला हुन बाँकी रहेको जनाइएको छ ।

यस्तै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा प्रदेश सरकारविरुद्ध ९ वटा मुद्दा परेकोमा ८ वटा मुद्दाको फैसला भएको छ भने एउटा विचाराधीन छ ।

जिल्ला अदालत दाङ र कपिलवस्तुमा परेका एक-एक मुद्दाको फैसला हुन बाँकी छ । लुम्बिनी प्रदेश सरकार र मातहतमा निकायलाई विपक्षी बनाएर दर्ता भएका मुद्दामध्ये कर्मचारी नियुक्ति, वन, अस्पताल विकास समिति, नदीजन्य बस्तुको दोहन आदि विषयमा सम्बन्धित रहेको न्यायाधिवक्ता कार्यालय बुटवलका प्रमुख हरिहर पौडेलले बताए ।

यस्तै विद्यालय व्यवस्थापन समिति परिवर्तनदेखि गाउँपालिकाको केन्द्र परिवर्तनका विषयमा पनि प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध मुद्दा परेको छ । लुम्बिनी प्रदेश अस्पतालको ठेक्का, अस्पताल विकास समितिको व्यवस्थापन समिति लगायतका विषयसँग सम्बन्धित मुद्दा पनि दर्ता भएका छन् । सर्वोच्च अदालतमा मुद्दाको चाप धेरै भएकाले कतिपय मुद्दा फर्छ्योटमा ढिलाइ भएको पौडेलले बताए । मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले आफू भर्खरमात्र नियुक्त भएकाले प्रदेश सरकारविरुद्ध दर्ता भएका मुद्दाहरू अध्ययन गरिरहेको रातोपाटीलाई बताए ।

लुम्बिनी प्रदेशको राजधानी दाङ भए पनि अहिले मुख्य न्यायाधिवक्ताको सम्पर्क कार्यालय बुटवलमा छ । दाङमा अझै भौतिक पूर्वाधार नभएको र बुटवलमा पनि मुद्दाहरू धेरै हेर्नुपर्ने भएकाले दुईतिर कार्यालय बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस