सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै काभ्रे प्रशासन  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै काभ्रे प्रशासन 


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बिदाको दिनपनि सेवा दिन सुरु गरेको छ ।

राहदानीको माग धेरै हुने भएकाले सहजताका लागि बिदाको दिन पनि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘अवस्था अनुसार सेवाग्राहीलाई सेवा दिनुपर्छ, राहदानी लिनेहरूको भीड बढेको छ, महिनौँदेखि लाइनमा छन् त्यसैले बिदाको दिन पनि सेवा दिन थालेका छौ ।’

शनिबार जिल्ला प्रशासन कार्यालयबाट ८० जनाले सेवा लिएका थिए भने आइतबार (प्रजातन्त्र दिवस)को दिन ७५ जनाले सेवा लिएका छन् ।

आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको थियो । आवश्यक कागजातसहित सेवा लिन कार्यालय आउनेलाई छिटो सेवाको सुनिश्चितता गर्नु आफूहरूको उद्देश्य रहेको उनले बताए ।

यसैबिच जिल्ला प्रशासन कार्यालय काभ्रेले टाइम कार्ड लागू गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस