१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकर्तालाई ओलीको निर्देशन : गठबन्धन नरहन पनि सक्छ तयार भएर बस्नु

अ+ अ-

काठमाडौँ । राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दुई नेताबीच फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर कुराकानी भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बिहीबार १० बजे बालुवाटार पुगेका थिए । कुराकानीका क्रममा प्रचण्ड–ओली पूर्व सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र त्यसमा राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी वा अरू कुनै दलभन्दा पनि कुन दलमा सहमति बन्छ त्यसको लागि छलफल गरेर अघि बढ्दा राम्रो हुने जवाफ दिएका छन् । प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि अध्यक्ष ओलीले राष्ट्रपतिमा पुस १० मा भएको सहमति स्मरण गराएका थिए ।

‘त्यो सहमतिअनुसार राष्ट्रपतिमा एमालेको दाबी रहिरहन्छ । त्यसका लागि माओवादीले वातावरण तयार गर्नुपर्छ’, ओली निकट स्रोतले भन्यो,‘अध्यक्ष र प्रधानमन्त्रीबीच यस्तै कुरा भएर उहाँ (ओली) बालुवाटारबाट फर्कनुभएछ ।’

त्यस क्रममा अध्यक्ष ओलीले गठबन्धन भत्काउन र सत्ता समीकरण हेरफेर गर्न विभिन्न चलखेल भइरहेको भन्दै काँग्रेस नेताहरूले दिएका अभिव्यक्तिहरू मुलुकमा अस्थिरता फैलाउने किसिमका भएकाले सचेत रहन आग्रह गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले हालको सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्न नदिनेमा आफ्नो प्रयत्न रहिरहने बताएका थिए ।

‘षड्यन्त्रहरू भइरहेका छन् । त्यसमा म आफू सचेत छु तर यसमा एमालेले पनि मलाई पूर्ण सहयोग गर्नुपर्छ’, प्रधानमन्त्री प्रचण्डको जवाफ थियो । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दुवै जना आआफ्नो अडानबाट पछि नहटेको बताए ।

‘प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरौँ भन्नुहुन्छ भने एमाले अध्यक्ष केपी ओलीजी राष्ट्रपति एमालेले पाउनु पर्ने भनिरहनु भएको छ’, गजुरेलले भने, ‘दुवै जना आआफ्ना अडानमा भए पनि अन्ततः दुवै जना सहमतिमा पुग्नुहुन्छ ।’

सल्लाहकार गजुरेलले राष्ट्रपतिबारे दुवै दल सहमतिमै अगाडि बढ्ने पक्षमा रहेको भन्दै थप छलफल गर्दै जाने बताए । उनले एमालेसँग सहमति भए पनि नभए पनि माओवादी केन्द्रले राष्ट्रपतिबारेमा आधिकारिक निर्णय गरेर अघि बढ्ने बताए ।

‘एमालेसँग सहमति भए पनि पार्टीमा निर्णय गर्नुपर्छ, सहमति नभए पनि निर्णय गर्नुपर्छ र त्यो चाँडै हुन्छ’, गजुरेलको भनाइ छ । फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि फागुन १३ गते उम्मेदवारी दिने निर्वाचन कार्यतालिका छ । त्यसअघि सत्ता साझेदार दल एमाले र माओवादीबीच न्युनतम् सहमति हुने नेताहरूको विश्वास छ ।

पछिल्ला दिनमा राष्ट्रपतिको विषयलाई लिएर माओवादी केन्द्र र एमालेबीच केही दुरी बढेका समाचार सार्वजनिक भइरहेका छन् । एमाले अध्यक्ष ओलीले नै सत्ता गठबन्धन नरहन पनि सक्ने अशंका व्यक्त गरिसकेका छन् ।

आफ्नो पार्टी निकट अनेरास्ववियुको महाधिवेशनलाई मङ्गलवार उद्घाटन गर्दै उनले सत्ता गठबन्धन नरहन पनि सक्ने र त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । त्यस क्रममा ओलीले गठबन्धन भत्काउन भित्रबाहिरबाट चलखेल भइरहेको बताएका थिए । ओलीको यो अभिव्यक्तिपछि प्रचण्ड र ओलीबीच पहिलो पटक छलफल भएको हो ।

एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले एमाले र माओवादीबीच भएको सहमतिमा कायम रहने विश्वास व्यक्त गरे । ‘एमालेले सहमति भत्काउने पक्षमा छैन, सहमति कायम राख्ने कि भत्काउने त्यो माओवादीको विषय हो। एमाले विगतमा भएको सहमतिको पक्षमा छ’, गुरुङको भनाइ छ । उनले कुनै विषयमा पटक पटक सहमति नहुने पनि बताए । माओवादी र एमालेबीच सहमति भइसकेको भन्दै त्यही अनुसार अगाडि बढ्ने एमालेको तयारी छ । सहमति भत्किए एमालेले आफ्नो उम्मेदवार उठाउने नउठाउने भन्नेबारे थप निर्णय गर्ने पनि बताए ।

यो गठबन्धन पाँच वर्षसम्म कायम रहनु पर्ने पक्षमा एमाले रहेको र त्यो कायम राख्न विगतमा भएका सहमतिहरू कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डले विशेष पहल लिनुपर्ने गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस