२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतृत्वले सही निर्णय नलिँदा काँग्रेस प्रतिपक्षमा बस्न बाध्य भयो : अर्जुननरसिंह केसी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि काँग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता केसीले पार्टी नेतृत्वले सही निर्णय दिन नसक्दा काँग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताए ।

नेता केसीले काँग्रेसलाई अहिले सरकारमा जान कुनै हतार नभएको पनि बताए । उनले मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा काँग्रेसको जोड रहेको धारणा राखे ।

सभामुख, प्रधानमन्त्री विभिन्न पार्टीको भइसकेको अवस्थामा राष्ट्रपति काँग्रेसले पाउँदा बृहत् शक्ति सन्तुलन हुने उनको भनाइ छ । उनले गृह मन्त्रालयका विषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको जिकिर गरे । 

केसीले गठबन्धनभित्र स्वतन्त्र पार्टीलाई नै गृह मन्त्रालय दिने सहमति भएको हो भने रास्वपाका अन्य सांसदहरूलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिए । ठूला ठूला आदर्शका कुरा गरेर आएकाहरूले सत्ताका लागि झगडा गर्न नसुहाउने उनले बताए ।

नेता केसीले देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको पनि बताए । देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस