समाजको चिन्ता छ घरको चिन्ता छ
अनि जीबनका रहरको चिन्ता छ
देश बनाउछु भनेर हिड्न त हिड्यौ
कताकता अझै सरकारको चिन्ता छ
माया त तिमीलेनी गर्यौ मैले पनि
कसम अब घरबारको चिन्ता छ
साशकले सम्बोधनमा यस्तै भन्दै थिय
मलाई देशका बेरोजगारको चिन्ता छ