२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. रुइतलाई १० लाख डलरको इसा अवार्ड

अ+ अ-

काठमाडौँ । नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ। बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ।

बहराइनका शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ। डा. रुइत उक्त सम्मान पाउने पाँचौँ व्यक्ति हुन्।

मङ्गलवार बहराइनमा आयोजित पुरस्कार घोषणा समारोहमा शेखका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य मो. बिन मुबारक अल खालिफाले डा. रुइतले अन्धोपन निवारणका क्षेत्रमा गरेको कामका लागि छनोट गरिएको जानकारी दिए।

डा. रुइतले मोतीबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गर्नुका साथै इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए। यसबाट विकासोन्मुख देशका अन्धोपन भएका लाखौँ व्यक्तिले नेत्र ज्योति प्राप्त गरेका छन्।

इसा अवार्ड यसअघि मलेसियाकी चिकित्सक जमिला महमूद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् डा.अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको इदी फाउन्डेशन (सन् २०१९) लाई प्रदान गरिएको थियो ।

२०२०‚ २०२१ र २०२२ मा कोभिडका कारण उक्त अवार्ड घोषणा गरिएको थिएन। यो अवार्डअन्तर्गत डा.रुइतलाई १० लाख डलर, स्वर्णपदक र प्रमाणपत्र फेब्रुअरी महिनामा प्रदान गरिनेछ।

युनिभर्सिटी अफ मायामीका प्रसिद्ध कानुन प्राध्यापक जान पलसनको नेतृत्वमा रहेको निर्णायक मण्डलले डा.रुइतलाई छनोट गरेको हो ।