२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीय निजामती ऐन मेरै पालामा ल्याउँछौँ : मन्त्री मोदी 

अ+ अ-

काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले लामो समयदेखि रोकिई राखेको सङ्घीय निजामती सेवा ऐन आफ्नै पालामा ल्याउने बताएका छन् । सामान्य प्रशासन मन्त्रीको शपथपछि प्रशासन सिंहदरवार ब्युरोसँग बोल्दै उनले मन्त्रालयलाई गति दिन पनि ऐन जरुरी रहेको बताए । 

‘निजामती सेवा ऐन नल्याउँदा धेरै समस्या भएको छ’, मन्त्री मोदीले भने, ‘म मेरै कार्यकालमा ल्याउने प्रतिबद्धता जनाउँछु ।’ 

सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनका लागि सकारात्मक सोच आवश्यक रहेको बताउँदै उनले कर्मचारीको अनुभवलाई सेवा प्रवाह सुधारमा लगाउने बताए । जति दिन काम गरिन्छ एउटै घरपरिवारको सदस्य जस्तै भएर काम गर्ने बताएका मन्त्री मोदीले कर्मचारीसँगै सहयात्रा गरेर काम गर्ने स्पष्ट पारे । 

सेवा प्रवाहलाई  प्रभावकारी बनाउँदै सुशासनको अनुभूति गराउनेमा केन्द्रित हुनुपर्ने बताउँदै मन्त्री मोदीले सङ्घीयतासँग जोडिएका समस्याहरू समाधानमा पनि आफू केन्द्रित हुने बताए । साथै सेवा प्रवाह सुधार र नीतिगत सुधारमा आफ्नो जोड रहने उनको भनाई थियो । 

नव नियुक्त मन्त्री मोदीलाई स्वागत अभिवादन गर्दै सचिव अर्जुन पोखरेलले प्रधानमन्त्रीबाट निर्देशनसमेत भई सकेकोले मन्त्रालयले सङ्घीय निजामती सेवा ऐन पहिलो प्राथमिकतामा राखेर ल्याउन जरुरी भएको कुरा राखे । ‘प्रधानमन्त्रीज्यूबाटै निर्देशन भइसकेकोले मन्त्रीज्यूकै नेतृत्वमा पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले ऐन ल्याउनु पर्छ’ सचिव पोखरेलले भने । 

सेवा प्रवाहको नियमितता र प्रभावकारीताका लागि कर्मचारीको परिपूर्ति जरुरी रहेको बताउँदै कर्मचारीको आपूर्ति सुनिश्चित गर्ने भनेको निजामती ऐन भएकोसमेत सचिव पोखरेलले बताए । 

तेस्रो पटक सांसद भएका मन्त्री मोदी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । मोरङको बूढी गङ्गा गाउँपालिका–६ मा २०४२ असोज ५ गते स्व पवनलाल मोदीको सन्तानका रूपमा जन्मिएका नवनियुक्त मन्त्री मोदीले स्नातकसम्म अध्ययन गरेका छन् । उनका श्रीमती र दुई छोरा छन् ।

वि.सं. २०५६ मा अखिल क्रान्तिकारीको एकाइ सदस्य हुँदै विद्यार्थी राजनीतिमा आबद्ध भएका मन्त्री मोदीले अनेरास्ववियु(क्रान्तिकारी) को मोरङ जिल्ला अध्यक्ष भएर काम गरेका थिए । नेकपा(एमाले) बाट राजनीति सुरु गरेका मन्त्री मोदी पछि नेकपा(माओवादी) मा आबद्ध भएर काम गरे । 

मन्त्री मोदीले २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य तथा जिल्ला र केन्द्रमा विभिन्न सङ्गठनमा काम गरे । मन्त्री मोदी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।