२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा पत्नी आरजु नयाँ दिल्लीमा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा भारत गएकी छन् । काँग्रेस केन्द्रीय समिति सदस्यसमेत रहेकी राणा आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका धुम्बाराही स्रोतले बताएको छ । चुनावअघिको गठबन्धन भएर काँग्रेस सत्ता बाहिर पुगेपछि राणा पहिलो पटक दिल्लीको भ्रमणमा निस्किएकी हुन् ।

यसअघि गत पुस २० गते काँग्रेस नेता विमलेन्द्र निधि पनि दिल्ली गएका थिए । चार दिने भारत भ्रमणका क्रममा निधिले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला लगायतसँग भेटवार्ता भएको थियो । काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनुका पछाडि निधिको भारत भ्रमणलाई पनि हेरिएको थियो । 

काँग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि भएको राणाको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । शनिबार प्रधानमन्त्री प्रचण्डले सभामुख र राष्ट्रपति निर्वाचनमा काँग्रेससँग पनि छलफल गरेर अगाडि बढ्ने बताएका थिए । शनिबार विभिन्न मिडिया सम्पादकहरूसँगको छलफलमा सभामुख र राष्ट्रपतिमा सत्ता साझेदार सात दलबीच कुनै सहमति नभएको प्रधानमन्त्री प्रचण्डले अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । सभामुख र उपसभामुख निर्वाचनका विषयमा छलफल गर्न माघ ३ मा प्रचण्डले काँग्रेससहितको सर्वदलीय बैठक बोलाएका छन् । 

पछिल्लो समय काँग्रेसभित्र अन्तर्राष्ट्रिय मामिलामा भूमिका बढाएकी राणाको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ । धुम्बाराही स्रोतले राणा स्वास्थ्य परीक्षणका लागि दिल्ली भएको बताए पनि राजनीतिक भेटघाटको पनि कार्यक्रम रहेको बुझिएको छ । यसअघि राणा असोज २६ गते पनि स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस