मन्त्रिपरिषद्लाई आज पूर्णता दिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद्लाई आज पूर्णता दिने


१ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताएका थिए ।

उनले भने, ‘आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरुपमा बस्ने तयारी गरेको छु ।’

अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।

मन्त्रालयको भागबन्डा मिलाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग प्रचण्डले दिनहुँ जस्तै छलफल गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस