३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले भने : उद्घाटन गरिदेऊ भन्छन्, नाइँ भन्नै अप्ठेरो

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन र शिलान्यासको कार्यक्रममा जानुपर्ने आफ्नो बाध्यता रहेको बताएका छन् ।

शनिबार केही सम्पादकहरूसँगको छलफलमा उनले उद्घाटन र शिलान्यासमा जाँदा समय धेरै जाने भए पनि धेरै जिद्दी आउने गरेको सुनाए ।
उद्घाटन शिलान्यास गर्नैपर्छ र भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू जाँदिन भनेर सोचे पनि कतिपय कार्यक्रममा जानै पर्ने बाध्यता रहेको बताएका हुन् ।

‘वास्तवमा उद्घाटन शिलान्यासमा समय बिताउनुभन्दा यहीँ बसेर खुरुखुरु काम गरौँ भन्ने त मलाई पनि लागेकै हो, तर जात्तिविधि नै कर गर्छन्, अब गर्ने के ?’ उनले प्रश्न सोधे । अनि आफैँ उत्तर दिए, ‘बरु कतिपय उद्घाटन चैँ राति गरौँ कि ? समय पनि बचत हुने । बिहान र दिउँसोको समय काम गर्न पाइने ।’

बालुवाटारमा आएर उद्घाटनको निम्तो दिएपछि नाइँ भन्न अप्ठेरो भएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले दिनमा एक पटक कुनै पनि हालतमा सिंहदरवार पुग्ने पनि बताए । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै नजाने र निवासमै धेरै समय बिताउने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

तर प्रधानमन्त्री प्रचण्डले भने, ‘दिनमा म एकचोटी सिंहदरवार कुनै हालतमा जान्छु, त्यसले धेरै फरक पर्दो रहेछ ।’ उनले आफूले भन्नुपर्ने धेरै कुरा सरकारको न्यूनतम साझा कार्यक्रममा नै भनेको र अब काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस