नेकपा एसको केन्द्रीय सचिवालय सदस्यमा घनश्याम भूसाल मनोनित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेकपा एसको केन्द्रीय सचिवालय सदस्यमा घनश्याम भूसाल मनोनित


३० पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव वेदुरामभूसालले जानकारी दिए।

बैठकमा भूसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए।

कम्युनिष्ट नेता भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस