३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिने वडा सचिव पक्राउ

अ+ अ-

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव सञ्जयकुमार देवलाई आज घुस लिँदालिँदै पक्राउ गरेको छ ।

आयोगको इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयबाट खटिएको टोलीले सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै सेवाग्राहीसँग ५३ हजार घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको सो कार्यालयका क्षेत्रीय प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

गाउँपालिकामा उपभोक्ता समितिमार्फत गरिएको दुई लाख ६८ हजारको सडक ग्राभेल काम सम्पन्न भएपछि भुक्तानी गराउन वडा सचिव देवले ५३ हजार घुस मागेका थिए । सोही घुस लिने क्रममा उनी पक्राउ परेका हुन् ।

प्राप्त उजुरीका अधारमा आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा खटिएको टोलीले स्थानीय गजेन्द्र चोक अगाडि राष्ट्रिय वाणिज्य बैंक नजिकैबाट उनलाई घुस लिएको रकमसहित पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका देवलाई आज इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यालयमा लगेको र उनलाई निलम्वन गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रमुख भट्टराईले जानकारी दिए ।

देव सो गाउँपालिकाको वडा नं. १, ४ र ५ को सचिव पदको जिम्मेवारी सम्हालेका थिए ।

यसअघि टोलीले सप्तरीको राजविराजस्थित जिल्ला जनस्वाथ्य कार्यालयमा भएको भ्रष्टचारका सम्बन्धमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिई छानबिन प्रक्रिया अगाडि बढाइएको आयोगका क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

औषधि खरिद र विभिन्न स्वास्थ्य कार्यक्रममा अनियमितता गरेको आरोप जनस्वास्थ्य कार्यालयमाथि लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस