२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्पीडितलाई ५० हजार राहत दिने विहादीको निर्णय

अ+ अ-

पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपदमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले विपदमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको बैठकले विपद् राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संशोधन गर्दै गाउँपालिकाभित्र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार बैठकले बसोबास गर्दै आएको घरमा आगलागीबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्था गर्नका लागि रु २० हजार दिने निर्णय गरेको छ । बैठकले बाढीपहिरो तथा अन्य विपत्तिबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्थाका लागि रु २० हजार तथा आंशिक घर क्षति भएमा मर्मतका लागि रु १० हजार, गोठ आगलागीबाट पूर्णरूपमा नष्ट भएमा रु आठ हजार र अन्य कारणबाट गोठ पूर्ण नष्ट भएमा रु आठ हजार प्रतिपरिवारलाई राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

विपदमा परी घाइते भएकालाई सरकारी अस्पतालबाट उपचार गरी घर जान आर्थिक सहयोगस्वरुप प्रक्तिव्यक्ति रु पाँच हजार यातायात खर्च दिइने भएको छ । रोग लागि अतिविपन्न कारण उपचार गर्न जान नसक्ने परिवारलाई रु पाँच हजार सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको उपाध्यक्ष मीना तिवारीले जानकारी दिइन् ।

विपद्का कारण पशु चौपाया मरेमा प्रतिमाउ भैँसी रु सात हजार, गाई–गोरु रु पाँच हजार, माउबाख्रा र बङ्गुर रु पाँच हजार, पाठापाठी, पाडापाडी र बाच्छाबाच्छीलाई रु तीन हजार उपलब्ध गराउने निर्णय गरेको छ । साथै बिहादी गाउँपालिकाले ११औँ हिउँदे अधिवेशन आगामी माघ १० गते मङ्गलबार गर्ने निर्णय गरेको जनाएको छ ।