गण्डकीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गण्डकीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन


२५ पुस २०७९, सोमबार


काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएसँगै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार साँझ आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री अधिकारीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। ६१ वर्षीय अधिकारी आजै मुख्यमन्त्री नियुक्त भएका हुन्।

यससँगै मुख्यमन्त्री अधिकारीको सिफारिसमा प्रदेश प्रमुख गुरुङले तीन जना मन्त्री नियुक्त गरेका छन्। एमालेबाट स्याङ्जाकी सीता सुन्दास, नेकपा (माओवादी केन्द्र) बाट तनहुँका हरिबहादुर चुमान र राप्रपाबाट स्याङ्जाका पञ्चराम तमुलाई मन्त्री नियुक्त गरिएको हो। उनीहरूको कार्यविभाजन हुन बाँकी छ।

नवनियुक्त मन्त्री सुन्दास स्याङ्जा १ ‘क’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन्। त्यस्तै, माओवादीका संसदीय दलका नेता समेत रहेका चुमान तनहुँ १ ‘ख’ बाट निर्वाचित भएका हुन्। राप्रपाकी तमु समानुपातिक सांसद हुन्।

एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई जना र एक जना स्वतन्त्र सहित ३३ जना सांसदको समर्थनमा अधिकारी सोमबारै मुख्यमन्त्री बनेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस