बिचौलियाको सेटिङ भत्काउनु पर्छ : माधव नेपाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बिचौलियाको सेटिङ भत्काउनु पर्छ : माधव नेपाल


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई बिचौलियाको सेटिङ भत्काउन आग्रह गरेका छन् ।

मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले हरेक क्षेत्रमा बिचौलिया सक्रिय रहेको बताए । महँगी, कालोबजारी र भ्रष्ट्राचार नियन्त्रण गर्नुपर्ने उनको माग छ ।

उनले मिटरब्याजीहरुले जनताको जीवनलाई नर्क तुल्य बनाएको भन्दै सरकारको ध्यानाकर्षण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस