काठमाडौँ । कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ । कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेका हुन् । उनले प्रदेशसभा ०७९ को नियमावली ७ बमोजिम निर्वाचन तोकेका हुन् ।
सोमबार प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो बैठकमा शाहले कर्णाली प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशन गर्न प्रदेश सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिएका छन् ।