१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखामा जहिल्यै पहुँचवालाकै रजाइँ कहिलेसम्म ? 

अ+ अ-

महालेखा नियन्त्रकको कार्यालयले केही दिन अघि गरेको कर्मचारी सरुवामा कर्मचारीभित्रै चरम असन्तुष्टि देखिएको छ । ४७ जना उपसचिव, १ सय १७ जना अधिकृत र दुई सय २५ जना नास्तुस्तरका लेखापालहरूको सरुवामा राजनीतिक पहुँच मात्रै होइन, मोटो रकमको पनि मोलमोलाइ भएको छ । 

निवेदन मार्फत र पटक–पटक भेटेरै मागेको कार्यालयमा कारणसहित बिन्ती गर्दा पनि पाएनौँ तर सोर्सफोर्स भएका र अग्रिम बुझाउनेहरूको सडकलगायत मालदार आयोजनाहरूमा सरुवा भएका छन् । 

लेखापालहरू शम्भु दाहाल, लेखराज भट्ट, रमेश घिमिरे, दयालक्ष्मी निरौला, रामशरण त्रिपाठी, कृष्णप्रसाद ढुङ्गाना, पारसमणि न्यौपाने, चन्द्राकुमारी विष्ट, राजेन्द्र बहादुर खत्री नवराज रेग्मी, मनीषा ओझा, हिमाल पौड्यालले राजनीतिक पावर लगाउँदै सचिव मैनालीसँग सोझै पहुँच राखेका छन् भने सहसचिव शम्भुप्रसाद मरासिनी र उपसचिव रविन कोइरालासँग राम्रै साँठगाँठ गरेका छन् । 

लेखा अधिकृतहरू रामकृष्ण घिमिरे, केशव बराल, विवश राज घिमिरे, टिकाराम शर्मा, अनिता थापा, पुष्कर निरौला, सुभास कोइराला र मुक्ति रमण पराजुली यस पटकको सरुवामा मात्रै होइन, पटक पटक कमाऊ अड्डामा सरुवा गरेर अकुत कमाउने कर्मचारीभित्र पर्छन् । उनीहरू सबैले महालेखा नियन्त्रक हरि मैनाली, सह महालेखा नियन्त्रक शम्भु कुमार मरासिनी र उपसचिव रविन कोइरालालाई प्रभावमा पारेर राम्रै कमाई हुने सडक लगायतका आयोजनाहरू हत पार्न सफल भएका छन् । 

सरुवा गरिएका ४७ उपसचिवमध्ये १७ जनाको अवधि नपुग्दै काज गरिएको छ भने ठुलो संख्यामा लेखापाल र लेखा अधिकृतहरूलाई पनि अवधि नपुग्दै काज गरिएको छ । कानुन विपरीत काज सरुवा गरिएका उनीहरू सबै शक्तिको दुरुपयोग गरेर मालदार अड्डामा चहार्ने र करोडौँ कुम्ल्याउँदै आएका छन् । 

१० जना भन्दा बढीले निवेदन हालेको बबई सिचाई आयोजनामा माओवादी राजनीति गर्ने उपसचिव वसन्त राज सिग्देल गएका छन् । अर्थमन्त्री जनार्दन शर्मालाई राम्रै भेटी चढाई राष्ट्रिय गौरवको आयोजना हात पारेका हुन् । त्यसै गरी सबैको रोजाईमा पर्ने करिब ५० जनाले निवेदन हालेको ललितपुर कोष तथा लेखा नियन्त्रक कार्यालयमा कालीकोटका गोरखबहादुर शाही गएका छन् कर्मचारी प्रशासन शाखाका उपसचिव रविन कोइरालामार्फत सहसचिव मरासिनी र सचिव मैनालीलाई राम्रै सेवा गरेका छन् । 

त्यसै गरी समायोजन ऐनलाई लत्त्याउँदै उपसचिव किशोर श्रेष्ठलाई प्रदेश लेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ । चुणामणी शर्माका भाइ यज्ञ प्रसाद ढकाललाई काठमाडौँ उपत्यका भित्रको नम्बर वान काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पठाइएको छ । उपसचिव कोइरालाले ढकाललाई त्यहाँ पठाउन न्वारनदेखिकै बल लगाउनुमा थप आफ्नै स्वार्थ पनि छ । 

त्यति मात्रै होइन मध्यम स्तरीय करदाता कार्यालयमा रहँदा सहसचिव शम्भु मरासिनीलाई करको तर बुझाउने नयाँ उपसचिवहरू भिम प्रसाद देवकोटा र लेखनाथ रेग्मीलाई आफ्नो हात जगन्नाथ भन्दै सरुवा गर्ने अधिकार प्राप्त गरेका सहसचिव मरासिनीले सरुवा टिमसँग लडाई नै गरेर पुराना कर्मचारीलाईसमेत मागेका नुवाकोट र काभ्रे कोषमा खटाएका छन् । 

राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष हरिबहादुर रावलकी पत्नी प्रमीला खनाललाई धेरैले मागेको राहदानी विभागमा पठाइएको छ । यसैगरी अरू पनि फाइल केलाइउने हो भने त्यहाँ धेरै कुरा भेटिन्छ । 

यो सरुवाले हामीजस्ता जहिल्यै खडेरीमै सुकाउने कर्मचारीहरूलाई असाध्यै पीडा दिएको छ ।

पीडित कर्मचारीहरू  

प्रतिक्रिया दिनुहोस