३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन तहकै सरकारबीच समन्वय आवश्यक छ : सिंह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि शिक्षा र स्वास्थ्यजस्ता महत्त्वपूर्ण क्षेत्रको विकासका लागि तीन तहकै सरकार एक भएर अघि बढ्नुपर्ने बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद सिंहले स्थानीय सरकारमार्पmत जनताका गुनासा सुनुवाइ गर्ने प्रणालीलाई संस्थागत गर्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेश सरकारका पर्यटन तथा सम्पदा मन्त्री दीपेन्द्र श्रेष्ठले, विकास निर्माणमा राज्यको खर्च भइरहने तथा नतिजा नदेखिने प्रणालीमा सुधारको खाँचो रहेकामा जोड दिए ।

बिजुलीका नाङ्गो तारलाई छोप्नुपर्ने, सडक, ढल र खानेपानी वितरण प्रणालीको नियमित मर्मतसम्भार गर्नुपर्ने, रोजगार प्रवर्द्धन र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम जोड दिनुपर्नेजस्ता सुझाव प्राप्त दिइएको थियो ।

त्यसै गरी फोहर मैला व्यवस्थापनका लागि क्षेत्र नं १ मा ट्रान्सफर स्टेसन बनाउनुपर्ने, मगर गाउँमा सडक र पानी पुर्‍याउनुपर्ने र पूजा प्रतिष्ठानमा रहेको ढुङ्गे धाराको पानी पिउनयोग्य बनाउनुपर्ने माग छ ।

महिला उद्यमशीलता प्रवर्द्धन र उत्पादित वस्तुको बजारीकरणमा नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा रत्नराज्य विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुन नसकेकाले यसलाई सुरुआत गर्नुपर्ने सहभागी वक्ताहरूले धारणा राखेका थिए ।

त्यसै गरी मेलम्चीको पानी वितरण गर्दा कतै चुहिएर खेर गइरहेको छ भने कतै पानी नै आउँदैन । यसको वितरण प्रणालीलाई मिलाइदिन आग्रह गरिएको थियो ।

कार्यक्रममा वडा १० का अध्यक्ष एवं महानगरको सामाजिक समितिका संयोजक रामकुमार केसीले वडाका रहेका व्यक्तिको गुनासो सुन्न सक्ने प्रणाली विकासमा प्रयास भइरहेको बताउँदै प्राप्त भएको गुनासोको सक्दो सम्बोधनको प्रयास गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस