भीम रावल र घनश्याम भुसाल नेकपा एसमा प्रवेश गर्दै छन् ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भीम रावल र घनश्याम भुसाल नेकपा एसमा प्रवेश गर्दै छन् ?


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । एमाले नेता भीम रावलले आफ्नोबारे माधव नेपालले बोलेको टिप्पणीबारे आएका समाचार पढेर आश्चर्यचकित भएको बताएका छन् ।

उनले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने आफ्नो कुनै योजना नरहेको स्पष्टीकरण दिए । पार्टी अध्यक्ष नेपालसँग टेलिफोनमा ३ मिनेट जति कुरा भएको भन्दै त्यति छोटो कुराकानीमा पार्टी प्रवेशको कुरा गर्न सम्भव नै नरहेको उनको भनाइ छ ।

आज बिहीबार जुम मिटिङमा एकीकृत समाजवादी पार्टी अध्यक्ष नेपालले रावल र घनश्याम भुसाललाई आफ्नो पार्टीमा ल्याउनेबारे कुरा चलिरहेको भन्दै पार्टी नेताहरूलाई आश्वस्त बनाउन खोजेका थिए । 

रावलले प्रचण्ड नेतृत्वमा बनेको सरकारलाई उसको नीति र कामका आधारमा मूल्याङ्कन गर्ने बताए । राष्ट्रियता, असंलग्नता, शान्ति सम्बन्धी संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई यो सरकारले कसरी लिन्छ भनेर आफूले हेर्न बाँकी रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस